प्रचण्डले पार्टी चलाउन नसकेर एमालेमा मर्ज गराएः बाबुराम

पोखरा, ५ जेठ/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले माओवादी पार्टी चलाउन नसकेर माओवादीका अध्यक्ष प्रचण्डले एमालेमा मर्ज गरेको आरोप लगाएका छन् ।

दुई वर्ष अगाडी प्रचण्डलाई आफुले नयाँ समाजबादी र बैकल्पीक शक्ति बनाउन भने नमानेको भट्टराईले बताए । संसदी पत्रकार मञ्च प्रदेश ४ ले आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले माओवादी पार्टी थाम्न नसेकर एमालेमा मर्जर गरेको बताए ।

उनले सत्ता र स्वार्थका एमाले र माओवादीबीच एकता भएको भन्दै उनले एकता धेरै नटिक्ने टिप्पणी गरे । एकीकृत पार्टी सधैंभरि पाँच वर्ष सम्म चल्ला त्यस पछि नचल्लेन उनको भनाई थियो । ‘यो मर्जरले पाँच वर्ष त लैजाला तर त्यसपछि भन्न सकिँदैन,’ उनले भने । ‘यही साइजमा रहँदैन ।’

उनले नवगठित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) ले देशको ठुलो पार्टी भए पनि जनताको आवश्यकता पूर्ति गर्न नसक्ने बताए । उनले विश्वमा नै अहिले दुई धारको राजनीति रहको बताउदै ति दुई धार भन्दा फरक भएर नयाँ शक्ति आएको उल्लेख गरे ।

कमेन्टहरु
Loading...