कास्की प्रहरीको स्वीप अप्रेशन, ५ मोटर साइकल सहित ४६ ब्यक्ति पक्राउ, ८ जना जुवाडे समातीय

पोखरा, २५ चैत /कास्की प्रहरीले पोखराका विभिन्न ठाउँममा चेक जाँचका क्रममा शनिबार राती चोरी निकासी गर्न लागेका ९ गोलीया काठ, ५ थान मोटर साईकल सहित ४६ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई थप अनुसन्धान भई रहेको जनाएको छ ।

कास्की जिल्लाको सुरक्षा स्थितीलाई आकलन गरी तयार पारिएको १५ बुद्धे कार्ययोजना अन्तरगत अपराध नियन्त्रण तथा रोकथाम प्रमुख प्राथमिकता, अबैध लागू औषध कारोबार रोकथाम नियन्त्रण एवं आक्रमक कार्वाही तथा गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशिलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा अन्तरगत अभियान चलाएको हो ।

सोही स्वीप अप्रेशनको क्रममा खटिएको प्रहरी टोलीले पोखरा १७ डयामसाइडमा भोजेन्द्र तामाङले संचालन गरेको फ्लोरिडा गेष्ट हाउसमा जुवातास खेलिरहेको अबस्थामा ४ बुक तास र नगद सहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ५२ हजार सहित नियन्त्रणमा लिई हो ।

पक्राउ पर्नेमा
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४० को भोगेन्द्र तामाङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४३ को नरेश गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ४३ को राज कुमार गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ घारीपाटन बस्ने वर्ष २९ को राज कुमार श्रेष्ठ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ हिमालीटोल बस्ने वर्ष ३८ को दिपक गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ घारीपाटन बस्ने वर्ष ३१ को सुन्दर गुरुङ ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका १७ डयामसाइड बस्ने वर्ष ३९ को अजय गौचन ।
जिल्ला कास्की पोखरालेखनाथ महानगरपालिका ०६ वैदाम बस्ने वर्ष ४० को दिपक भट्टचन ।

कमेन्टहरु
Loading...