काठमाडौं, ३० फागुन /एमालेका तर्फबाट राष्ट्रियसभाका सांसद गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।
सभाको बुधबार बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो । राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।
वाम गठबन्धनमा प्रतिनिधि सभाको सभामुख माओवादी केन्द्रले लिने र राष्ट्रिय सभाको अध्यक्ष एमालेलाई दिने सहमति भएको थियो ।