सागर राज तिमिल्सिना
पोखरा, २४ माघ /राष्ट्रियसभा चुनावबाट प्रदेश ४ मा बाम गठबन्धनबाट ५ र नेपाली काग्रेसबाट २ जना विजयी भएका छन् । वाम गठनबन्धनबाट खुल्लामा २, महिलामा २ र दलितमा १ जना विजयी भएका छने भने नेपाली काग्रेसले खुला र महिलाबाट एक एक जना बिजयी भएका छन् ।
खुल्ला तर्फ वाम गठबन्धनका पर्वतका गणेश तिमिल्सीना, बागलुङका दिननाथ शर्मा, नेपाली काग्रेसका गोरखाका सुरेन्द्र पाण्डे विजयी बने । उनीहरुले राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी भन्दा बढि मत ल्याउदै बिजयी भएका हुन् ।
त्यसै गरि महिला तर्फ वाम गठबन्धनबाट बागलुङकी शान्ती जिसी, लमजुङकी दीपा गुरुङ, नेपाली काग्रेसकी कास्कीकी बृन्दा राना बिजयी भए । उनीहरुले राष्ट्रिय जनमोर्चाकी मीना पुन भन्दा बढि मत ल्याउदै बिजयी भनेका हुन् ।
दलित कोटामा एमालेका खेमबहादुर विक विजयी भएका छन् । उनले नेपाली काग्रेसका जीतबहादुर नेपालीलाई हराउदै बिजयी बने । विकले ३३ सय ९६ मत प्राप्त गरे भने नेपालीले २२ सय ९८ मत प्राप्त गरे । निर्वाचन अगाडी नै अपाङ्गता भएकाको कोटामा तनहूँका प्रकाश पन्थ बिजयी भएका थिए । एमालेका अपाङ्गतर्फ स्याङजाका रामबहादुर थापाको उमेद्वारी निर्वाचन आयोगले खारेज गरे पछि काग्रेसका पन्थ विजयी भएका हुन् ।
स्थानीय तहका १ सय ७० जनाको ३ हजार ६० मतभार र प्रदेश सभा सभासद् ५९ जनाको २ हजार ८ सय ३२ मतभार रहेको छ ।