पोखराको सिमलचौरमा जनप्रिय हस्पिटल, आज निःशुल्क परिक्षण

पोखरा, ५ असोज/पोखरा ८ सिमलचौरमा पोखरा जनप्रिय हस्पिटल सञ्चालनमा आउने भएको छ । सञ्चालनको अवसर पारे बिहीबार निःशुल्क परिक्षण गरिने हस्पिटलले जानकारी दिएको छ ।

बिहीबार बष्ठि बालरोग विशेषज्ञ यज्ञराज सिग्देल, स्त्रीरोग विशेषज्ञ चुममाया पुन, हाडजोर्नि तथा नसारोग विशेषज्ञ दिपेन्द्र गुरुङ र दिवश कटुवाल, नाक कान तथा घाँटी विशेषज्ञ आकाशमणी भण्डारी र फिजिसियन सुरज बरालले परिक्षण गर्ने अस्पतालकी निदेशक सुष्मा सिग्देलले जानकारी दिइन् । उनले अस्पताल २५ बेडको रहेको बताइन् ।

केहि बर्ष देखि बाल उपचार केन्द्रका रुपमा सञ्चालन गर्दै आएको ठाउँमा नै अस्पताल सञ्चालन गर्न लागेको उनले बताइन् । अस्पतालमा विशेषज्ञ सेवा, नवजात शिशुलाई देखिने जण्डिसको बिजुलीमा सेकाई गरिने उपचार, ईमरजेन्सी सेवा, अत्याधुनिक प्रयोगशाला, गुणस्तरीय औषधि भिडियो एक्स रे, इसिजि तथा इको कार्डियाग्राम लगाएतको सेवा उपलब्ध हुने बताइन् ।

कमेन्टहरु
Loading...