फेवातालको सिमसार क्षेत्र पुर्नेलाई कार्वाही गर्ने

पोखरा, ३० जेठ /पछिल्लो समय दिन प्रतिदिन फेवातालको सिमसार क्षेत्र पुरेर घडेरी बनाउने काम भए पछि महानगरले कार्वाही प्रक्रिया अगाडी बढाउने भएको छ ।

पोखरा लेखनाथ महानगर पालिका १८ खपौदीमा फेवातालको भाग पुरेर ब्यक्तिले बनाउदै गरेको संरचना हेरेपछि महानगरकी उपप्रमुख मञ्जु गुरुङ कार्वाही गर्ने बताएकी हुन् । उक्त संरचना बारे सोमबार उपप्रमुख मञ्जु गुरुङ समक्ष गुनासो आएपछि अवलोकन गरि कानुन अनुसार तत्काल कावाही प्रक्रिया अगाडी बढाउन उपप्रमुखको निर्देशन दिएकी हुन् ।

केहि महिना देखि त्यस क्षेत्रमा माछापालनका लागि भन्दै व्यक्तिले संरचना निर्माण भइरहेको छ । पोखरा लेखनाथ महानगर पालिकाका प्रमुख मानबहादुर जिसिले कार्वाही प्रक्रिया अगाडी बढाउने बताए । उनले स्रोत जुटाएर फेवातालको सिमसार क्षेत्रको सबै जमिन अधिकरण गर्ने बताए ।

कमेन्टहरु
Loading...