पोखरा, ३० मंसिर /बाबा फाउण्डेशन नेपालद्धारा सञ्चालित बाबा आनन्द सञ्चार पुरस्कार– २०७३ बाट पत्रकार कृष्णमणी बराल सम्मानी भएका छन् । बराललाई पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक खगराज बराल, नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, बाबा फाउण्डेशनका अध्यक्ष दिलिपराज श्रेष्ठ लगाएतले सम्मान गरे । नगद पन्ध्र हजार एक सय एघार रुपैया, सम्मानपत्र दोसल्लाले सम्मान गरेका हुन् ।
पोखरा ७ नुवारथोक निवासी बरालले देशान्तर साप्ताहीकबाट पत्रकारीता सुरु गरेर हिमालय टाईम्स, समाधान हुदै बिगत १३ बर्षदेखि अन्नपुर्ण पोष्टमा कार्यरत रहेका छन । उनले बिशेष गरी वातावरण सम्बन्धि वाईल्ड लाईफ, सिमसार संरक्षण, तालतलैया सम्बन्धि र गिद्ध संरक्षण सम्बन्धि समाचार तथा फोटो पत्रकारीताका साथै सन २००७ देखी फोटो प्रर्दशनी गर्दै आएका छन् ।
फोटो पत्रकारीता पुरस्कार २०६७, डब्लु डब्लु एफ मिडिया कन्जरभेसन अवार्ड २०१२, सिटी डेभलपमेन्ट बैंक वातावरण पत्रकारीता पुरस्कार, हिमदुत पत्रकारीता पुरस्कार, पर्यटन पत्रकारीता पुरस्कार, साहारा खेलकुद पत्रकारीता पुरस्कार लगाएतका पुरस्कार प्राप्त गरिसकेका छन । बाल अधिकार संरक्षण र प्रवर्धन तथा वातावरण संरक्षणको बिषयमा बर्ष भरी उष्कृष्ट लेख तथा समाचार प्रशारण एवं प्रकाशन गर्ने सञ्चार माध्यम वा सञ्चारकर्मिलाई पुरस्कार प्रदान गरिने गरेको छ ।
पुरस्कार छनोट समिति नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय उपाध्यक्ष गंगाधर पराजुलीको संयोजकत्वमा सदस्यहरुमा कान्तिपुर दैनिकका पोखरा स्थित संबाददाता लाल प्रसाद शर्मा, पुरस्कार सञ्चालक परिवारका सदस्य शर्मिला श्रेष्ठ र बाबा फाउण्डेशन नेपालका सचिव टंकराज अधिकारी रहेका थिए ।