संशोधनको प्रस्ताव एमालेको पुरानै खाका–मन्त्री थकाली

पोखरा, १९ मंसीर/वाणिज्य मन्त्री रोमी गौचन थकालीले संविधान संशोधनको प्रस्ताव नेकपा एमालेले पेश गरेको पुरानै खाका भएको बताएका छन् । महिला हिंसा सम्वन्धी १६ दिने अभियान अन्तर्गत नेपाल महिला संघ कास्कीले पोखरामा आज आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले आपूmले संशोधन प्रस्ताव पेश गर्दा राष्ट्रघात नहुने र अरुले त्यही प्रस्ताव पेश गर्दा राष्ट्रघाती भएको भन्दै हिड्नुमा कुनै तुक नभएको टिप्पणी गरे ।

उनले मधेशी मोर्चालाई स्थानीय तहको निर्वाचनमा सहभागी गराउनकै लागि संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका संसदमा पेश गरिएको जानकारी गराए । स्थानीय लगायत तीनै तहको निर्वाचन पक्का हुन्छ यी निर्वाचन कुनै हालतमा रोकिन्न भन्दै वाणिज्य मन्त्री थकालीले जो निर्वाचनमा जान डराउंदैछ उनीहरुले नै निर्वाचन अव हुंदैन भन्दै हिडेर अफवाह पैmलाएको उल्लेख गरे ।

मन्त्री थकालीले महिला हिंसा रोक्न समाजमा देखिएका असमानताको अन्त्यका लागि महिला र पुरुषको समान दायित्व भएको धारणा राख्नु भयो । सांसद शारदा पौडेलले महिलाहरु क्रियाशील भए मात्रै नेपाली कांग्रेस वलियो हुने वताउंदै स्थानीय तहको निर्वाचन जित्न महिला संगठन मजवूत वनाउनु पर्नेमा जोड दिए । संघकी अध्यक्ष कोपिला रानाभाटको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष अनिता तिमिल्सिना लगायतले महिला हिंसाका बारेमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...