लेखनाथमा मोटर साइकल दुर्घटना, एक मृत्यु, ट्राफिक प्रहरी सहित दुई घाईते

सागर राज तिमिल्सिना
पोखरा १२ भदौ /लेखनाथमाको गएराती मध्येरातमा भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । घाइते हुनेमा जना ट्राफिक प्रहरी रहेका छन् ।

लु १९ प ३९४१ नम्बरको मोटरसाईकल र ग १० प ३२९१ मोटरसाईकल ठोक्किदा लेखनाथ २ रिठ्ठेपानीका ३७ बर्षीय ज्ञान बहादुर पुनको ज्यान गएको हो ।

दुर्घटनामा ट्राफिक प्रहरी पूर्ण वहादुर दराई र लील बहादुर पुन घाईते भएका छन् । दराईको पोखराको मणिपाल अस्पताल र पुनको पश्चिमाञ्चल क्षेत्रिय अस्तपतालमा उपचार भईरहेको छ ।

मृतकका आफन्तले ट्राफिक प्रहरीले चलाएको मोटरसाईकलले अर्को मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको आरोप लगाएका छन् । दुर्घटनका बारेमा जानकारी लिन खोज्द कास्की प्रहरी प्रवक्ता र प्रमुखले फोन नै उठाएनन् ।

कमेन्टहरु
Loading...