भदौरे तामागी बासीले भने हामी पोखरा नगरपालिकामा जान्छौ

पोखरा, १६ साउन/संघीय संरचनामा जाने भएपछि कास्कीमा स्थानीय तह पुनर्संरचनाको काम आगडी बढेका बेला भदौरे तामागी बासीले गाउँ पालिकामा नभइ नगरपालिकामा जाने निर्णय गरेका छन् । गाविसमा भएको छलफल र वडा नागरिक संयोजक र राजनैतिक दलका नेताहरुले यस्तो निर्णय गरेका हुन् ।

उनीहरुले प्रस्तावित अन्नपुर्ण गाउँपालिकामा जान भन्दा आफुहरुलाई पोखरा उपमहानगर पालिमामा नै आउने सजिलो हुने बताउदै यस्तो निर्णय गरेको एमालेका क्षेत्रनम्बर ४ का सदस्य सुर्य भण्डारीले जानकारी दिए । उनले कास्कीका सबै राजनैतिक दललाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।

जिल्ला विकास समिति कास्कीले गठन गरेको प्राविधिक समितिले बनाएको खाकामा भदौरे तामागी अन्नपुर्ण गाउँपालिकामा परेको छ । प्रश्तावित खाका अनुसार हालसम्म पोखराबाट सेवा लिईरहेका मौजा गाविसका नागरिकहरु अब कालिका गाविसको भैंसे पुग्नुपर्छ । भदौरेतामागी गाविसका नागरिकहरु पनि पोखरा हुँदै लुम्लेसम्म पुग्नुपर्ने बाध्यता छ ।

Microsoft Word - local gov.(1).docx
Microsoft Word – local gov.(1).docx
कमेन्टहरु
Loading...