साविकको लेखनाथलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका संचारकर्मीहरुको साझा संगठन लेखनाथ पत्रकार मंचको तेश्रो अधिबेशन तथा चौथो साधारणसभाले बिष्णुहरि पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ।
शनिवार सम्पन्न अधिबेशनले पौडेलको नेतृत्वमा ११ कार्य समिति निर्वाचित गरेको हो।
मंचको उपाध्यक्षमा सन्दिप पौडेल, सचिवमा रामशरण नेपाली, सहसचिबमा सुजित परियार, कोषाध्यक्षमा कृष्णप्रसाद लामिछाने निर्वाचित भएका छन् भने सदस्यहरुमा बिमल तिवारी, चिरन्जिबी भुर्तेल, प्रिजना दिवाल, सुस्मा नेपालि, अमृत श्रेष्ठ तथा जनक तिवारी निर्वाचित भएका छन्।