सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्विचोक कास्कीको २३ औ वार्षीक साधारण सभा तथा १२ औं अधिवेशन कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी कार्यलय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्दिराज गुरुङ ज्यूको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा पोखराका अग्रज समाजसेवि भक्तराज श्रेष्ठलाई सामुदायिक वर्ष पुरस्कार बाट सम्मान गरिएको थियो भने संस्थाका पुर्व अध्यक्ष बिपिन अधिकारीलाई सामुदायिक वर्ष व्यक्ति बाट सम्मान गरीएको थियो ।
यसका साथै २०७९ सालको परिक्षामा एस इइमा उत्कृष्ट अंक ल्याई पास भएका आजिवन सदस्यहरुका बाबुनानीहरुलाइ पुरस्कार वितरण गरीएको थियो । यस संगै समितिभन्दा बाहिर रहेर संस्थाका कार्यक्रमहरु सफल बनाउन सहयोग गर्ने प्रहरी कर्मचारी, विभिन्न संस्था, आमा समुह लागायतलाई प्रशंसा पत्र प्रदान गरीएको थियो ।
त्यसै गरि साधारणसभाले कमल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरको छ । समितीको उपाध्यक्षमा मुना बास्तोला, सचिवमा उत्तम जोसी, कोषाध्यक्षमा तीर्थ शर्मा ढकाल, सह–सचिवमा सिमा राई, लगायत सदस्यहरु सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी प्रहरी नायव माहनिरीक्षक बुद्दिराज गुरुङले नेपाल प्रहरी र समुदाय बिचको सम्बन्ध अपरिहार्य रहेको बताए । निवर्तमान अध्यक्ष धर्मदत्त आचार्यले समुदायमा सकरात्मक धारणा फैलाउने काम गर्दा अहोरात्र खटिनु परेपनि आध्यात्मिक रुपमा निकै आनन्द प्राप्त हुने बताए ।