काठमाडौं, ७ असार । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरूमाथि चलाइएको मुद्दा फिर्ता नलिन अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । चलाउनेलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गर्नेको मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न बिहीबार सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले मुद्दा फिर्ता लिनुको कारण पेस गर्न पनि सरकारलाई आदेश दिएको छ ।