- कल्पना थापा ।
महिला र पुरुष मानव सृष्टिका आधारभूत सर्त हुन् । जहाँ महिलाका कुरा हुन्छन् त्यहाँ पुरुषलाई कदापि छुटाउन सकिँदैन । त्यसैगरी पुरुषबाट महिलाले पनि समाजमा उत्तिकै सम्मानित एवं प्रभावशाली जीवनको अपेक्षा गर्नु स्वाभाविक हुन्छ । नेपाली समाजको कुरा गर्ने हो भने महिलाको भूमिका पुरुषको तुलनामा सारै संकुचित रहेको यथार्थ कसैसामु लुक्न सकेको छैन ।
जव म केहि नबुझ्ने थिए आमाले भन्नु हुन्थ्यो आज शुक्रबार स्कुल पढ्न नजाउ । किन कि शुक्रबार घरमा धेरै काम गर्नु पर्थ्याे । तेहि दिन म संगै पढ्ने मेरो भाई भने स्कुल जान्थ्यो ताकि उसलाई आमाले रोक्नु हुँदैन किन कि छोराले पढ्नु पर्छ प्रथम श्रेणीमा एस.एल.सी पास गर्नु पर्छ भन्ने बाबा आमाको चाहाना हुन्थ्यो । छोरिले त पास मात्र गरे हुन्छ । किन कि उ भोलि विहे गरेर अर्काको घरमा जान्छे भनेर होला पढ्नलाई तेति महत्व दिनु भएन । ढिपि जितेर पढ्न जान्छु भन्यो भने गाँउ भरिका सबैले भन्थे हाम्रो छोरीले त पढ्की छैन तिमिले मात्र किन पढ्न प¥यो ? आज म तेहि कुरा सम्झन्छु जति वेला घर, गाँउ सबैका कुरालाई नकार्दै म स्कुल जान्थे र पढ्थे । महिले बल्ल आज कुरा बुझेको छु हाम्रो समाज जहा पित्रिसत्तात्मक सोचले भरिएको छ । त्यहाँ अलि अलि पाईला चाल्ने हिम्मत गरेको रहेछु भनेर । आज बल्ल मलाई थाहा भएको छ , हाम्रो समाज हामिले कल्पना गरे जस्तो रहेनछ । एउटी नारी प्रत्येक पाइला–पाइलामा ठक्कर खाएर अगाडी बढेकी हुन्छे । उसको सबैले रमिता मात्र हेर्छन् किन की उ छोरी हो ।
मलाई यति बेला त्यो दिनको सम्झना छ जतिवेला हामी नारी दिवस मनाउनलाई सबै महिलाहरु लिएर खुला मञ्चमा पुगेका थियौं । त्यहाँ महिला अधिकारका ठुला–ठुला कुरा सुनियो महिला नेतृहरुले भने “समान अधिकार, समान कामको समान ज्याला, घरेलु हिंसाको अन्त्य गर, समान अस्तित्व कायम हुनु पर्छ ।” उनिहरु यो कुरा भनिरहेका थिए नारी अस्मिताको रक्षा गरीनु पर्छ । हामी सबै भएर मख्ख परी परी भाषण सुन्दै हातमा प्ले कार्ड बोकेका थियौं र त्यसमा लेखिएको थियो समानताको सुरुवात घरवाटै गरौं । अर्कोमा भनिएको थियो सहअस्तित्व कायम गरौं अनि अर्कोमा भनिएको थियो महिला अस्तित्वको संरक्षण गरौं । जव कार्यक्रम सकियो सबै आ–आफ्नो बास्सथान तिर लागे म र मेरा केही साथी पनि घर तिर हिड्दै थिर्यौ तेतिकैमा साथिले भनिन यहाँ समानताका कुरा गरेर के गर्नु घर पुग्नसाथ आफु अगाडी नसरी तातो पानी पिउन पनि पाईदैन भन्दै आफ्नो कुरा गरिन ति साथीका दुवैजना कमाउने श्रीमान् सरकारी श्रीमतीको प्राईभेटमा ।
श्रीमतीको दिनको सुरुवात घरको कामवाट सुरु हुन्छ भने श्रीमानको पत्रिका पढ्ने र चिया पिउनेवाट सुरु हुन्छ । खाना बनाई खाई बच्चा स्कुल पु¥याई नौ बजे अफिस पुग्छिन तर श्रीमान् श्रीमतीले बनाएको खाना खाएर १० बजे अफिस पुग्छन । बेलुका त्यहि रुटिङ्ग लागु हुन्छ । देख्दा यस्तो सानो कुरा पनि किन गरेको भन्ने हुन्छ तर त्यहि घरको काम बालबच्चा स्याहार गर्दा गर्दै धेरै महिलाको दिन जान्छ र भबिस्या डामडोल हुन्छ तर पनि उनले गरेको कामको कहिलै लेखाजोखा हुदैन उल्टो बसेर खाएको जस्तो श्रीमान्ले पालेको जस्तो हुन्छ ।
हामी दीन भरी समानताका कुरा गर्छाै तर एक छाक टार्नको लागि एउटी महिला आफ्नो अस्तित्वको व्यापार गर्न वाध्य भएको धेरै देखिएका छन् तर कहिलै पनि सोचिदैन कि महिलाहरु अरुको खुसीको लागि बाच्छन् भनेर । हाम्रो समाजमा अहिले पनि महिलाहरुसंग सिप छ क्षमता छ तर पनि उनिहरुको रुप, रङ हेरिन्छ र महिलाहरुलाई बस्तु ठानिन्छ । पुरुषको साधनको रुपमा महिलाहरुलाई हेरिन्छ । हामी कहिले सम्म निर्धक्क भएर हिड्ने सम्मानित भएर कहिले बाच्न पाउने मलाई यी कुराले प्रत्येक क्षण आफै भित्र प्रश्न गरि रहन्छ र सोध्ने गर्छु सानो छदा पनि महिलाहरु उतिकै अपमानित भएका हुन्छन् । जब ठुलो भए तर पनि महिलालई हेर्ने दृष्टिकोण जहाको तेही । मलाई हेर्ने मेरो समाजको दृष्टिकोण उस्तै छ । म अहिले पनि दोस्रो दर्जामै गनिन्छु किन की म महिला हो ।
मलाई सानो छदा र अहिले भोग्ने हरेक घटना सम्झदा बङगाली लेखिका तसलीमा नसरीमाको एउटा कोटेशनको याद आयो उनले भनेकी छन् “जसरी कुनै कपडा हैङगरमा झुन्डाईएको हुन्छ प्रायोगमा आउनु उसको प्रमुख काम हो”। उनको यो भनाईले मेरो मन छोयो र विगत र वर्तमानलाई सम्झिन थाले हो त ! मेरी आमालाई पनि हिजो मेरो बुवाले विहे गर्नु भयो आफ्नो इच्छा अनुसार छोरी पाउनु भयो त्यहाँ मेरी आमाको सानो पनि इच्छाको सुनुवाई भएन केवल बाबाको इच्छा मात्र पुरा गर्दा मेरी आमाको जिन्दगी वित्यो केवल हैङगरको लुगा जस्तै बाबालाई चाहिदा काममा आउनु भयो नत्र बिहे रुपी एउटा लहरामा झुन्डिनु वाहेक अरु केही पाउने आषा उहामा अहिले पनि छैन ।
विश्वमा महिलाहरुले आत्मासम्मान र समानताका लागि बिभिन्न समयमा आन्दोलनको सुरुवात गरेका छन् १९६५ मा एमिल डेभिस र लिज ग्यारेटले वेलायतको प्रतिनिधि सभामा जोन स्टुबर्ट मिल लाई एक विज्ञप्ती दिए , जसमा महिलाहरुलाई मताधिकार, समान अधिकार, रोजगारी र विवाह तथा पारिवारिक जीवनमा समान माग हुनु पर्दछ भन्ने माग राखिएको थियो । वास्तवमा जव मानिसको चेतना समुन्नत हुँदै जान्छ अनि उसले आत्मा सम्मानको खोजी गर्दछ । आफू हेपिएको, अस्तित्व लुटिएको, अधिकार खोसिएको विषयमा संझौता गर्न सक्दैन । अनि अधिकार प्राप्तीको लडाईमा होमिनु जो कोही सचेत नागरिकको कर्तव्य हुन जान्छ ।
नेपालको सन्र्दभमा वि.स. १९७४ मा योगमाया कोईरालाको अध्यक्षतामा महिला जागृति संघको स्थापना भयो । वि.स. १९८० देखि १९९८ सम्म उनै योगमायाको नेतृत्वमा धार्मिक तथा सामाजिक आन्दोलनहरु भएका थिए ।
महिला आन्दोलनकै प्रातिफल स्वरुप २००४ सालमा मताधिकार प्राप्त भएको थियो । मोतिदेवि, साहना प्रधान, साधना प्रधान , मंगलादेवि, स्नेहलता श्रेष्ठ जस्ता अग्रजहरुको संघर्षबाट नै शिक्षा र मतदानको अधिकार सुनिश्चित भएको थियो । २००९ सालमा ४ जना महिला सल्लाहकार सभामा निर्वाचति भएका थिए । २०१५ सालको निर्वाचनमा ६ जना महिलालाई टिकट दिइएको थियो जसमध्ये नेपाली कांग्रेसको तर्फबाट १ जना द्वारिकादेवी ठकुरानी निर्वाचित भईन ।
पच्चायतकाल लाई छोडेर २०४७ र २०६२/०६३ को जनआन्दोलन सम्म आईपुग्दा नेपालमा निकै ठूलो संख्यामा महिलाहरुको राजनीतिक चेतनामा बृद्धि भयो । उक्त ऐतिहासिक जनआन्दोलनमा लाखौंलाख महिलाहरु सहभागि भए । त्यसैले यो मुलुकमा सामन्तवादको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न महिलाहरुको योगदान अतुलनिय छ । महिलाहरुमा आएको जागरण, संगठनहरु र सरोकारवाला संघ सस्थाहरुले राज्यलाई दिइएको दवावको कारण अन्तरिम संविधानमा महिलाहरुका सवालमा महत्वपूर्ण प्रावधानहरुको व्यवस्था गर्न राज्य बाध्य भयो । जस्तै: आमाको नामबाट नागरिकता, राज्यको हरेक निकायमा न्यूनतम् ३३% महिला सहभागिता हुनुपर्ने, सबै विभेदकारी कानुनको अन्त्य, समान काममा समान ज्याला र सामाजिक सुरक्षामा भेदभाव नगरिने, प्रत्येक महिलालाई प्रजनन् सम्बन्धी हक, कुनै पनि महिलाको शारीरिक, मानसिक र अन्य कुनै हिंसा जन्य कार्य जस्ता छन् । तर ब्यवहारमा कुनै पनि क्षेत्रमा महिलाको अस्तित्व स्वीकार गर्न सकेको देखिदैन ।
राजनितिक पार्टीहरुको केन्द्रमा महिला छन् पु¥याईका पनि छन् तर भाषणमा मात्र जस्तो देखिएको छ निर्णायक ठाँउको अध्यक्ष हुने कुरामा सधै छेकिएका हुन्छन् । कुनै कार्यक्रममा एउटै हैसियतका महिला पुरुष छन् भने पनि पुरुषलाई मात्र बोलाइन्छ लाग्छ बोल्ने कुरा पुरुषले मात्र जानेको छ । सामाजिक संघसस्था तिर हेरौ निर्णय गर्ने ठाउमा पुरुष मात्र छन् । निर्णायक भुमिका महिलालाई दिन यो समाज कहिलै सकारात्मक देखिएन चाहे राष्ट्रपती होस वा अन्य ठाँउ केही गर्ने कोशिस गर्न साथ कुराकाटि हाल्ने किन की त्यो काम महिलाले गर्न खोज्दै छन् त्यही काम एउटा पुरुषले गर्दा वा वाई हुनेथियो ।