पोखरा / राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशका सह-संयोजक बिकास अधिकारीले तयार पारेको चुनाव केन्द्रित “केपी ओली” नामक गिति भिडियो एक कार्यक्रम बिच सार्वजनिक गरिएको छ। नेकपा एमाले जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यकर्ता भेलामा सम्बोधन गर्न पोखरा आएका ओलीले र्याप मेटल शैलीमा तयार पारिएको गितको भिडियोलाई आफ्नै हातबाट सार्वजनिक गरेका हुन् ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटी सहरी बिकास बिभाग सदस्य समेत रहेका युवा नेता अधिकारीले गीतको भिडियो मार्फत मुलधारका राजनीतिक पार्टी प्रति फैलिएको नैराश्वेताका बिरुद्धमा सकारात्मक सन्देश सम्प्रेषण गर्ने उदेश्यले केपी ओलीले गरेका राष्ट्रिय काम र परियोजनाहरुलाई पनि सहि सुचना पुगोस् भनेर गितको भिडियो सहित सार्वजनिक गरिएको बताए । नेता अधिकारी आफैले अभिनय र स्वर दिएको गीतको भिडियोमा पोखरेली ड्रिल र्यापर रक्की गुरुङको पनि अभिनय र स्वर रहेको छ। गीतको भिडियोलाई र्मेटल शैलीमा ओलीले गरेका कामलाई निर्देशन मार्फत गीतको भिडियोद्वारा ओलीले गरेका बिकास र एमालेले गरेका सकारात्मक खालका कामलाई प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए। उनका अनुसार गीतको भिडियोमा राजनीतिक स्थायित्व, बिकासका परियोजना, शान्ति स्थापना र भोगोैलिक तथा सास्कृतिक अतिक्रमणका बिरुद्ध ओलीले देखाएको साहसलाई साङ्केतिक रुपमा प्रस्तुत गरिएको निर्देशक अधिकारीले बताए।
पछिल्लो समय राजनीति प्रति युवाहरूमा घट्दो मोहलाई गीतद्वारा फर्काउन र भारतले मिचेका र हडपेका नेपालको भुमीलाई नेपालमै फर्काउन ओलीले गरेका पहलकदमी कामलाई पनि उर्जा मिलोस् भन्ने हेतुले आफुले यो र्याप मेटल शैली मार्फत “केपी ओली” नामक गीति भिडियो दर्शक माझ ल्याएको निर्देशक अधिकारीले बताए। गीतमा ओलीले भन्ने गरेका भोगोैलिकतामा असमानता भएता पनि सार्वभौमकतामा समानता हुने कुरालाई अग्रेजी शब्द मार्फत ब्यक्त गरिएको छ।