महोत्सवले गलकोटको खेलकुद, कला, संस्कृतिको संरक्षणमा टेवा पुर्याउँछ: उपमेयर निउरे

बागलुङ / गलकोट नगरपालिकाका उपमेयर फमलाल निउरेले गलकोट महोत्सवले यस क्षेत्रको कला संस्कृति र खेलकुदको विकास र संरक्षणमा टेवा पुग्ने बताएका छन ।
गलकोट आफैमा प्राकृतिक, सांस्कृतिक खेलकुद एवं पर्यटकीय हिसाबले महत्वपुर्ण गन्तव्य रहेकोले यसलाई प्रचार प्रसार गर्न महोत्सवले थप भुमिका खेल्ने उपमेयर निउरेको भनाई छ ।
ड्रिम टिम गलकोटले आयोजना गरेको दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सवको शुक्रबार उदघाटन गर्दै उपमेयर निउरेले यस्तो बताए ।
उनले महोत्सवले सामाजिक एकता, सदभाव कायम राख्दै युवाहरुलाई विकास र समृद्विमा जोडन प्रेरित गर्ने उल्लेख गरे ।
सो अवसरमा जिल्ला समन्वय समितीका सदस्य हर्क पाण्डे, नेकपा एमाले गण्डकी प्रदेश सदस्य तिलक उप्रेती, नेपाली काँग्रेस गलकोट नगर सचिव योगेश भण्डारी, नेकपा माओवादी केन्द्र गलकोट नगर अध्यक्ष चन्द्रदत्त रेग्मी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य पदम श्रेष्ठ, गलकोट नगरपालिका वडा नं १ का वडा अध्यक्ष लाल बहादुर राना, वडा नं ३ का वडा अध्यक्ष फम बहादुर खत्री, वडा नं ६ का वडा अध्यक्ष राम प्रसाद कँडेल, गलकोट सामुदायिक सेवा केन्द्रका अध्यक्ष मञ्जु शर्मा चालिसे र समाजसेवी नर बहादुर खत्रीले शुभकामना मन्तव्य राखेका थिए ।
महोत्सवको उदघाटन समारोहमा स्थानिय कला संस्कृति झल्कने नौमती बाजा, लाखे नाँच, झाँकी सहित सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरिएको थियो ।
कार्यक्रम सामाजिक संस्था ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेको अध्यक्षता, आर्थिक संयोजक गगन कुँवरको स्वागत मन्तव्य र सञ्चारकर्मी घनश्याम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।
कात्तिक ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा विविध खेलकुद प्रतियोगिता, सांस्कृतिक कार्यक्रमहरु सहित राष्ट्रिय स्तरमा, ख्यातिप्राप्त कलाकारहरुको सांगितिक र हाँस्य प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कमेन्टहरु
Loading...