मर्दी पदमार्ग चिनाउने गौतम अव रहेनन्

पोखरा । मर्दी पदमार्ग चिनाउने युवा पर्यटन व्यवसायी सुदीप गौतमको निधन भएको छ । हाइक्याम्प नजिकै शुक्रबार पानी जोड्न गएको समयमा लडेर ज्यान गएको श्रोतले बताएको छ ।
माछापुच्छ्रे गाउँपालिका ९ का गौतमले हाइक्याम्पमा होटल ट्रेकर इन र सिदिङमा ट्रेकर प्याराडाइज सञ्चालन गर्दै आएका थिए ।

गौतमको शव शुक्रबार बेलुका भेटिएको जनाइएको छ । यद्यपी घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।
गौतम नेपाल पर्वतारोहण संघ गण्डकीका संस्थापक सचिव समेत हुन् भने उनी नेपाल ट्रेकिङ एजेन्सिज अफ नेपाल (टान) मा समेत आवद्ध थिए ।

 

कमेन्टहरु
Loading...