जिसस कास्कीकाे समन्वयमा कास्कीका वडा अध्यक्षहरूको तालिम शुरु

पोखरा / गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान प्रदेश तथा स्थानिय शासन सहयोग कार्यक्रमको आयोजना तथा जिल्ला समन्वय समिती कास्कीको समन्वयमा   कास्कीका  वडा अध्यक्षहरुको लागि  दुई दिने  तालिम सोमबार देखि पोखरामा शुरु भएको छ।
तालिमको जिल्ला समन्वय समिती कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका हुन ।
 पौडेलले  तालिमले जनप्रतिनिधिहरूलाइ सिक्ने र सिकाउने अबसर प्रदान गर्नुका साथै जनताका कामलाइ छिटो- छरितो र विधि सम्मत तरिकाले सम्पन्न गर्न सहयोग पुग्ने भन्दै बिकास र समृद्धिका निम्ति आबश्यक दक्षता बढाउन सहयोग पूर्याउने बिश्वास ब्यक्त गरे ।
तालिममा संबैधानिक र कानुनी अधिकार ,जिम्मेवारी तथा योजना निर्माण” सम्बन्धि प्रशिक्षण प्रदान गरीने बताइएको छ।
तालिममा बीस र एक्काईस गते पोखरा महानगरका वडा अध्यक्षहरू  तथा बाईस र  तेईस गते गाउँपालिकाका वडा अध्यक्षहरूको सहभागिता रहने कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले जानकारी दिए।
कमेन्टहरु
Loading...