गन्थन संवाददाता, पोखरा । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगरको १९औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट सामुदायिक प्रहरी सेवा केन्द्र बगरको अध्यक्षमा रामप्रसाद अधिकारी सर्वसम्मत चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा बिजया गुरुङ, सचिवमा शिवराज अधिकारी, कोषाध्यक्षमा कृष्ण बहादुर तामाङ र सह सचिबमा दुर्गादत्त भुगाई चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा कमल प्रसाद बास्तोला, दुर्गादत्त आचार्य, पार्वती खनाल पोख्रेल, राधा बराल अधिकारी, बाबुराम भण्डारी, राम बहादुर लामिछाने, रामभक्त पाठक, ऋषिराम भट्टराई चयन भएका छन् ।
१९औं साधारण सभामा गण्डकी प्रदेश प्रमुख प्रहरी नायब माहानिरिक्षक रामदत्त जोसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
अध्यक्ष रामप्रसाद अधिकारी