काठमाडौं / विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलहरुमा धेरै अवार्ड हात पार्न सफल नेपाली चलचित्र हल्कारा नेपाल रिलिज गर्ने तयारी थालिएको जानकारी दिदै निर्देशक विक्रम सापकोटा कलाकार महेश त्रिपाठीहरु लगाएतले आज सामाजिक संजाल मार्फत मोसन पोस्टर सार्वजनिक गरेका छन्।
कलाकार महेश त्रिपाठी आफ्नो फेसबुक पेजमा सियर गर्दै लेखेका छन्। म आज एकदमै उत्साहित छु। किनकि एउटा किसानले जव बाली भित्र्याउने दिन नजिकिँदै जान्छ तब उ उति उत्साहित हुदै जान्छ, हामीले पनि एउटा किसानले जस्तै मेहनत गरेर निर्माण गरेको चलचित्र हल्कारा अव चाडै तपाईहरु माझ ल्याउने तयारी गर्दैछौं।
चलचित्र हल्कारालाई विक्रम सापकोटाले निर्देशन गरेका हुन भने मुख्य भुमिकामा कलाकार महेश त्रिपाठी, विनिता थापामगर लगायत कलाकारहरुको मुख्य भुमिका रहेको छ। कालिपार स्टुडियो र आइसफल प्रोडक्सनको सयुत्त व्यानरमा निर्माण भएको चलचित्र हल्कारा वाट कलाकार त्रिपाठीले अमेरीकाको तेस्रो पुरानो फिल्म फेस्टिवल हुस्टन फ्लिम फेस्टिवलमा बेलायती अभिनेता वेन गेफिन र अमेरिकी अभिनेता ओलिभरलाइ पछाडि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड समेत हात पारेका थिए भने चलचित्रले बेस्ट फरेन ल्याङवेज फिल्मको अवार्ड हात पारेको थियोे।
हल्काराले अव चाढै आफ्नो रिलिज डेट सार्वजनिक गर्ने संकेत देखिएको छ।