राष्ट्रिय स्वतन्त्र पार्टीको स्याङ्जामा सङ्गठन विस्तार ,सभापतिमा कोइराला

रवि लामिछानेको नेतृत्वमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जामा सङ्गठन विस्तार गरेको छ । समितिको सभापतिमा डिल्लीराम कोइराला, उपसभापतिमा शान्ति रानाभाट र सचिवमा रमेश पोख्रेल रहेका छन् । संगठन बिस्तार कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सदस्य बोधराज रेग्मीले अब देशलाइ माया गर्नेहरु एकजुट हुनुपर्ने बताए । बिगतमा अन्य राजनितिक दलले जनतालाई धोका दिएकोले जनताले मतबाट नै उनिहरुलाई बिस्तापन गर्ने बताए । नेता रेग्मीले स्याङ्जाका सबै पालिकामा सम्पर्क कार्यालय खोली सङ्गठन विस्तार गर्ने योजना रहेको बताए । त्यस्तै स्याङ्जाको भीरकोट र वालिङ नगरपालिकामा प्रदेश समिति सदस्य बोधराज रेग्मीको विशेष उपस्थितिमा सम्पर्क कार्यालय खोलिएको छ ।

 राष्ट्रिय स्वतन्त्र पार्टीको स्याङ्जामा सङ्गठन विस्तार
                राष्ट्रिय स्वतन्त्र पार्टीको स्याङ्जामा सङ्गठन विस्तार

उनका अनुसार स्याङ्जाका ११ वटै स्थानीय तहमा सम्पर्क कार्यालय खोल्नका लागि तयारी भैरहेको बताए । पार्टीमा जिल्लाबाट प्रदेशका लागि ३ जना छनोट भएका छन् । प्रदेशमा छनोट हुनेमा बोधराज रेग्मी, विश्वास भण्डारी र मेख आले रहेको स्वतन्त्र पार्टी स्याङ्जा जिल्लाका सचिव रमेश पोख्रेलले बताए ।केही दिनमै पार्टीका सभमपति रवि लामिछाने स्याङ्जा आउने कार्यक्रम तय गरिएको छ । लामिछानेको कार्यक्रमपछि जिल्ला समिति थप विस्तार हुन्छ ।’ पोखरेलले भने ।

 

कमेन्टहरु
Loading...