फोहोर संकलनमा ठेकेदारको मनोमानी, महानगर मौन

पोखरा । पोखरा महानगरपालिकाले फोहोर संकलनको जिम्मा दिएको कम्पनीले फोहोर उठाउँदा मनोमानी ढंगले अतिरिक्त सरसफाई शुल्क लिएको खुल्न आएको छ । शुक्रबार पोखरा ९ पुरानो यातायात मार्गमा रहेको वाई फायभ रेष्टुरेण्टमा फोहोर उठाएपछि अतिरिक्त सरसफाई शुल्क भन्दै ८,५०० रुपैयाँ लिएको छ । महानगरले फोहोरमैला व्यवस्थापनको जिम्मा वातवरण सुन्दर नेपाल प्रालिलाई दिएको थियो ।

आफैले बोलाउँदा पनि एक गाडी फोहोरको शुल्क त्यती नलाग्ने महानगरले बताएको छ । फोहोर त्यती धेरै नभएपनि तोकिएभन्दा बढि मुल्य तिर्नु परेको रेष्टुरेण्टका सञ्चालक बिक्रम पाण्डे बताउँछन् ।

फोहोर उठाउँदा प्रकृति हेरेर एक गाडी फोहोर उठाएको ५ हजारदेखि ६ हजार ५ सयसम्म लिन पाइने पोखरा महानगरकी वातावरण शाखाकी प्रमुख कल्पना बरालले जानकारी दिइन् ।

तोकिएको अधिक्तम शुल्क भन्दा पनि मनोमानी ढंगले बिल नै काटेर बढी रकम लिइरहदा पनि महानगर मौन बसेको स्थानीयको आरोप छ । यस्तो जनताको ढाँड सेक्ने गरि मनोमानी ढंगको सरसफाई शुल्क लिने गलत प्रवृत्तीको महानगरले अनुगमन गरि दोषिलाई कारवाही गर्नुपर्ने स्थानीय बताउँछन् ।

 

कमेन्टहरु
Loading...