पोखरा । लोकदोहोरी गीत ‘यो संसार’ सार्वजनिक भएको छ । शनिबार सामाजिक सञ्जाल युट्युब मार्फत गीत सार्वजनिक गरिएको हो ।
गीतमा आर.के. बसौला र रिना केसीले स्वर दिएका छन् । कृष्णप्रसाद गौतमको शब्द र संगीत रहेको गीतलाई दिबश थापा मगरले एरेन्ज गरेका हुन् ।
पोखराका सुन्दर स्थानहरुमा गीतको भिडियो छायांकन गरिएको छ । स्मृती तिमिल्सिना‘गुरुआमा’ निर्देशित भिडियोमा गायक स्वयं बसौला, गायिका केसी, सरिता दन्कुटी र रुद्र प्रसाद अर्यालको अभिनय छ ।
गणेश सापकोटाले छायांकन गरेको भिडियोको सम्पादन प्रकाश धमलाले गरेका हुन् । भिडियोलाई गुरुआमा फिल्म्स्ले बजारीकरण गरेको छ ।
गीतले सबैखाले श्रोताको मन जित्ने गाएक बसौलाले बताए ।
https://youtu.be/Tcy92qtImbA