सौगात पोखरेल / पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले फेवातालको नयाँ मापदण्ड ३० मिटर कायम गरेको छ । महानगरपालिकाले नयाँ मापदण्ड निर्माणका लागि तिर्थ अधिकारीको नेतृत्वमा मापदण्ड निर्धारण समिति बनाएको थियो ।अधिकारी नेतृत्वमा बनेको समितिको प्रतिवेदनको आधारमा महानगरले फेवातालको नयाँ मापदण्ड ३० मिटर कायम गरेको हो ।
बर्षौदेखि फेवाताल क्षेत्रमा पर्ने ६५ मिटरसम्मको जग्गा रोक्का गरिएको थियो । जग्गा रोक्का भएसंगै जग्गाधनीहरूले जग्गा प्रयोग गर्न पारेका थिएनन् । ६५ मिटरभित्र परेको जग्गामा बनेका संरचनाहरू महानगरपालिकाले भत्काउदै आएको थियो । नयाँ निर्णयसँगै ३० मिटर भन्दा माथिका जग्गा फुकुवा पक्रिया सुरु हुनेछ ।
नयाँ मापदण्ड कायमबारे फेवाताल सरोकार समितिका संयोजक नबिन बरालले निर्णय स्वागतयोग्य भएको बताएका छन् । बरालले भने ‘निर्णय त ठिकै छ तर ३० मिटर भित्रपनि ब्यक्तिको जग्गाहरू छन् । त्यसका जग्गाधनीहरुलाई उचित क्षतिपूर्ति र मुआब्जा बितरण गर्ने सवालमा सरकारले कस्तो भुमिका खेल्छ । सिमाङ्कन गर्दा कसरी गर्छ भन्ने कुराले धेरै कुराको निर्धारण हुन्छ । त्यसले हामी निर्णयभन्दा पनि यसको कार्यान्वयन कसरी हुन्छ भन्ने कुरिरहेका छौं ।’
फेवातालको बिषयमा गन्थन डटकमले फेवातालमाथि गन्थन कार्यक्रमले नयाँ मापदण्ड तोक्नका लागि महत्वपूर्ण भुमिका खेलेको छ ।
नयाँ मापदण्ड तोकेसंगै पोखरेलीहरुले कसैले स्वागत त कसैले बिरोध गरिरहेका छन् । बर्षौदेखि बल्झिरहेको फेवातालको मुद्दा अबफेरि नबल्झनेगरि कार्यान्वयनमा लैजानु आजको आवश्यकता हो ।