‘मनैमा मायाको बोली छ’ सार्वजनिक

पोखरा । लोक दोहोरी गीत ‘मनैमा मायाको बोली छ’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । भावना म्युजिक सोलुसनबाट बजारमा व्यवस्थापन भएको गीतमा पावती जिसीलाई नवगायक बृहस्पती रेग्मीले आवाजमा साथ दिएका छन् । सर्जक दिपक अधिकारीले कोरेको शब्दमा सन्तोष सुवेदीको संगीत रहेको छ । गीतमा बिनोद बाजुरालीले एरेन्ज गरेका छन् ।

गीतको बारेमा जानकारी दिँदै गीतकार दिपक अधिकारीले भिडियो उत्कृष्ट बनाउने प्रयास गरेको बताए । सेन्टिमेन्टल जनरामा बनाइएको गीतले युवावर्गको मन जित्ने अधिकारीले बताए । भिडियोको निर्देशन होम गुरुङले गरेका हुन् । गीतको मर्म अनुरुप भिडियोलाई मौलिक पन दिन खोजेको गुरुङले बताए । सुन्दरनगरी पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा सन्तोष सुवेदी, दिब्या न्यौपानेको मुख्य अभिनय छ । दुर्गा पौडेलले खिचेको भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् ।

कमेन्टहरु
Loading...