प्रजातन्त्र दिवस अवसरमा अनेरास्ववियु भरतपुरको द्विप प्रज्वलन

अनेरास्ववियु महानगर कमिटीको आयोजनामा फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर भरतपुरको चौबीसकोठीमा द्विप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु महानगर कमिटीले प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेका जिल्ला नेताहरू तथा विभिन्न संगठनका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

अनेरास्ववियु महानगर कमिटी भरतपुर महानगरपालिकाका अध्यक्ष सचेत सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका जिल्ला कमिटी सदस्य भक्ति गौतम रहेका थिए ।

त्यस्तै विशिष्ट अतिथिहरूमा अनेरास्ववियुका नेता तथा पार्टी जिल्ला सदस्य देव पाठक, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा युवा परिषद् चितवनका संस्थापक अध्यक्ष अस्मिन घिमिरे, अनेरास्ववियु बागमती प्रदेश कमिटी सदस्य पोषण खड्का, नेकपा एमाले महानगर कमिटी सदस्य शिवहरी सुबेदीको उपस्थिति रहेको थियो ।

अनेरास्ववियुका जिल्ला, महानगरका साथै विभिन्न क्याम्पस कमिटीका विद्यार्थी नेताहरूको समेत उपस्थिति रहेको कार्यक्रमको संचालन अनेरास्ववियु महानगर कमिटीका सहसचिव प्रदिप पराजुलीले गरेका थिए ।

कमेन्टहरु
Loading...