त्रियुगा नगरपालिका-१ जोगिदहले जेष्ठ नागरिक ५६ जना, एकल महिला र दलित ३४ गरी ९० जनालाई एक/एक थान सिरक, दसना, तन्ना, तकिया र सुपानेट झुल वितरण गरेको हाे ।
वडाध्यक्ष मनोजकुमार चौधरीले बाक्लो हुस्सु र चिसो हावाका कारण जनजीवन कष्टकर बनेपछि सहयाेग गरिएकाे बताए ।
उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ ।