पोखरा । पोखरा खपौदीमा फेवातालको मापदण्ड मिचेर संरचना बनेको समाचार प्रकाशन पछि गण्डकी प्रदेशका उर्जा ,खानेपानी तथा सिंचाई मन्त्री हरिशरण आचार्य र पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले मिचिएको स्थानमा पुगेर अनुगमन गरेका छन् ।
फेवाताल किनारमा पछिल्लो पटक मापदण्ड विपरित संरचना बनेपछि गन्थन डटकमले भिडियो रिपोर्ट र समाचार प्रकाशन गरेको थियो ।
पटकपटक ताल मिचेर संरचना बन्ने र स्थानीय प्रशासनले भत्काउने क्रम चल्दै आएको छ । अनुगमनमा पुगेका मन्त्री आचार्य र संरचना निर्माणकर्ताहरु भनाभन समेत भएको थियो । मन्त्री आचार्यले अहिले बनेका संरचना तत्काल हटाउनुको विकल्प नभएको बताएका थिए ।
उनीहरुले ताल बिकासको योजना बनाएर ल्याए आफुहरुले अस्थायी संरचना भत्काउन तयार रहेको जवाफ दिएका थिए ।
उनीहरुले ताल किनारमा रहेको जग्गा आफ्नो भएको समेत दाबी गरे ।
उपमेयर गुरुङले निर्माणकर्ताले संरचना नभत्काए महानगरपालिका भत्काउन बाध्य हुने बताइन् ।
महानगरलाई अटेर गर्दै फेवाताल किनारमा फेरी बने संरचना, प्रवक्ता भन्छन् छिट्टै भत्कन्छ
महानगरका प्रवक्ताको स्टाटस, ‘ फेवा किनारमा नियम बिपरित बनेका सबै संरचना भत्कन्छन्’