सौगात पोखरेल / सरकारी जग्गा अतिक्रमण गर्नेहरुको लागि सबैभन्दा उपयुक्त समय भनेको निर्वाचनको नजिकको समय हो । बिगतदेखि अहिलेसम्मको इतिहासलाई सरसर्ती हेर्ने हो भने चुनाबताका सरकारी सम्पति अतिक्रमणमा परेका घटनाहरू धेरै घटेका देखिन्छन् ।
निर्वाचनमा बिजय हाँसिल गरेर सरकारी जग्गा अतिक्रमण रोक्ने घोषणा गरेका जनप्रतिनिधिहरू चुनाबको मिति नजिकिदै गर्दा मौन रहन्छन् । त्यहि अबसर छोपेर सरकारी जग्गा अतिक्रमणका घटनाहरू बढेको देखिन्छ । आगामी निर्वाचनमा भोट घट्ने डरले दलहरु अतिक्रमणका बिषयमा सानो स्वरले पनि बोल्न सक्दैनन् । बरु अतिक्रमणकारीहरुलाई नै मलजल पुग्ने काम पर्दा पछाडिबाट गर्न पछि हट्दैनन् ।
पोखराको सुन्दरता तालहरू र हिमालले बचाएको छ । तर पछिल्लो समय पोखरा रहेका तालहरुमाथीको अतिक्रमण बढिरहेको छ । तालहरुमाथी अतिक्रमण हुँदा पनि पोखरामा रहेका राजनीतिक दलहरूलाई दुख्दैन बरु चुनाबमा भोट कम आउने हो कि भन्ने डरले सताउछ ।
केहि समय अघिसम्म ताल रहेको जग्गामा धमाधम संरचनाहरू निर्माण हुँदा त्यस बिषयमा दलहरूले आफ्नो धारणा सार्वजनिक गर्न आवश्यक ठान्दैन । आपराधिक कार्यमा कार्यकर्ता पक्राउ पर्दा सडक जाम समेत गर्न पछि नपर्ने दलहरूले ताल अतिक्रमणबारे चु सम्म बोल्दैन । उनीलाई तालको सौन्दर्य र आयतन;Fग भन्दा पनि भोटबैंकको माया बढि हुन्छ ।
दलका नेताहरु त बोलेनन नियमनकारी निकाय पनि ताल अतिक्रमण हुँदा मौन रहन्छ । उनीहरुलाई जनप्रतिनिधिहरूले नै अतिक्रमणकारी कारबाहि नगर्न प्रेसर गरिरहेका हुन्छ । त्यसकै परिणाम तालको आयतन दिनप्रतिदिन खुम्चिएको देखिन्छ ।
चुनाबताका सुन्दर पोखरा बनाउने नारा बोकेर हिड्ने दलहरुले ताल अतिक्रमणबारे आफ्नो धारणा सार्वजनिक नगर्दा दलहरुको कुरुपता देखिएन र ?