महानगरका प्रवक्ताको स्टाटस, ‘ फेवा किनारमा नियम बिपरित बनेका सबै संरचना भत्कन्छन्’

पोखरा । पोखरा महानगरपालिकाका प्रवक्ता धन बहादुर नेपालीले फेवाताल किनारमा बनेका अबैध संरचना भत्काइने बताएका छन् ।

पोखरा १८ खपौदीमा पटक पटक बन्दै भत्काउँदै आएका संरचनालाई फेरि अस्थायी रुपमा बनाएपछि चौतर्फी रुपमा प्रश्न उठेको छ । सोही विषयमा गन्थन डटकमले महानगरलाई अटेर गर्दै फेवाताल किनारमा फेरी बने संरचना शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा समेत प्रवक्ता नेपालीले संरचना भत्काउने स्पष्ट पारेका छन् ।

सामाजिक संजालमा निरन्तर प्रश्न उठेपछि प्रवक्ता नेपालीले थप प्रष्ट पार्दै लेखेका छन्,  ‘फेवाताल उत्तर किनारा पोखरा १८ खपौदी दक्षिणको तालसिमानामा ब्यक्ती ब्यवसायीद्वारा वारवार अवैध संरचना सहित खुला स्थल अतिक्रमण भैरहेको छ । रातीको समय, सार्वजनिक विदाको दिन, महानगर प्रशासन बिदा गरेको दिन लुकिछिपी द्रुत गतिमा यस्ता कार्य गरिएका छन । प्राकृतिक संरचना सार्वजनिक सम्पदा अनि निर्माण बर्जित गरिएका छेत्रमा वडा/ महानगरलाइ जानकारी नदिइ बिना अनुमती यी कृयाकलाप गरिएको छ । आफुखुशी विभिन्न संरचना नबनाउन गरिएको सुचना खवरदारी बिरुद्धमा उभिदै हुने गरेका यस्ता संरचना निर्माणमा सलग्नहरु जिम्मेवार जवाफदेही बन्नै पर्छ ।’

उक्त स्थानमा महानगर प्रहरी खटाइएको जानकारी दिदैं उनले आफु  सहित वडाका अध्यक्ष,महानगरका प्राविधिक र प्रशासनको तर्फबाट स्थलगत निरीक्षण समेत गरिएको बताएका छन् ।

 ‘पोखरालाइ राम्रो बनाउन , फेवाताललाइ बचाउन सार्वजनिक सम्पत्तिको सुरक्षा प्रती नागरिक दायित्व महशुस गर्दै सार्वजनिक सन्जाल मिडिया वा फोन सन्चार माध्य्मबाट पोखरा महानगर प्रती ध्यानाकर्शण हुनु असल कुरा हो । महानगरले यसरी अवैध रुपमा निर्मित सरचना र त्यसलाइ रोक्ने भत्काउने र निर्माण सामाग्री नियन्त्रणमा लिने गरेको छ । आज बिहान देखि नगर प्रहरी कर्मचारी तेस्ता कार्यलाई रोक्न -सि स्थलमा नगर प्रहरी निगरानिको लागि खटाइएको छ । आज महानगर प्रवक्ता उक्त वडाका अध्यक्ष महानगरका प्राविधिक र प्रशासनको तर्फबाट स्थलगत निरीक्षण भएको छ । नियम बिपरित बनेका सबै सरचना भत्कन्छन । भत्काइने छ । यो स्थानिय सरकारको नियमित जिम्मेवारी हो ।’,उनले थप लेखेका छन्।

कमेन्टहरु
Loading...