पोखरा । नवगायक सुमन बसौला र दृष्टिविहिन नवगायिका मन्दिरा थापा मगरको आवाजमा ‘पराईको सिन्दुर’ नामक लोकदोहोरी गीत सार्वजानिक भएको छ । गीतमा सन्तोष सुवेदीको संगीत र दिपक अधिकारीको शब्द सिर्जना रहेको छ । गीतलाई तारानाथ आचार्यले एरेन्ज गरेका हुन् ।
उनै आचार्यले निर्देशन गरेको उक्त भिडियोमा सञ्चारकर्मी सुरज आचार्य र ममता अधिकारीको अभिनय देख्न सकिन्छ । शिव ‘राजा’ भुर्तेलले खिचेको भिडियोलाई समिर रामदामले सम्पादन गरेका छन् । भिडियोलाई सुवास अम्गाईले कलरिङ गरेका हुन् । गीतको भिडियोलाई डिजिटल स्टारको अफिसियल युटुवबाट सार्वजानिक गरिएको छ ।