पोखरा सडक महोत्सव पुष १५ देखि, साँस्कृतिकसहित विभिन्न आकर्षक कार्यक्रम हुने

पोखरा । २३ औं पोखरा सडक महोत्सव यहि पुष १५ गते देखि १७ गतेसम्म हुने भएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले शनिबार आयोजित पत्रकार सम्मेलनमा दुई दशक भन्दा बढि समयदेखि पोखराको पर्यटन प्रवद्र्धन र बिकासमा टेवा पु¥याउदै आएको पोखरा सडक महोत्सवलाई निरत्तरता दिने जानकारी दिएको हो ।

‘सडकमै खाउ, सडकमै रमाउ’ भन्ने उद्देश्यका साथ विभिन्न साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन गरि यस कार्यक्रमको शोभा बढाउन विभिन्न किसिमका आकर्षणहरुको व्यवस्था रहेको महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए ।

उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक आकर्षणहरुको व्यवस्था गरि आयोजक समितिले महोत्सवलाई भव्य रुपमा सफल पार्ने आशा लिएका छौ । महोत्सव अवलोकनमा आउनेहरुको सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था गरिने छ । यसपटकको महोत्सवमा पनि अघिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने छ । यसका लागि विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ ।’

ढलेको अर्थ तर्थन्त्रले बिस्तारै गति लिदै गर्दा फेरि यो नयाँ भेरिएन्ट्ले विश्व नै ठप्प पार्ने हो कि भन्ने प्रश्न सम्पुर्ण जनमानसमा चासोको विषय बनिरहँदा रेवान पोखरा तथा विभिन्न सरोकारवाला निकाय, पर्यटन व्यवसायीहरु यस बर्ष पनि गत बर्ष जस्तै पोखरा सड्क महोत्सव आयोजना गर्ने निष्कर्षमा पुगेको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । उनले भने, ‘यस बर्षको २३ औं संस्करणको पोखरा सडक महोत्सव कोभिड हेल्थ प्रोटोकललाई ध्यान दिदै, पोखरा खुल्लैछ भन्ने सकरात्मक सूचना प्रवाह गरि पर्यटन प्रवद्र्धन साथसाथै पोखरालाई “अङ्ग्रेजी नयाँ बर्षको गन्तव्य स्थल“ को रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले सडक महोत्सव आयोजना गर्न लागिएको छ ।’

पोखरा सडक महोत्सव सम्पन्न गर्न संस्थाका प्रथम उपाध्यक्ष नरेश भट्टराईको संयोजकत्वमा सचिव भिष्म राज पौडल र सह कोषाध्यक्ष रोशन जंग कार्की सह–संयोजन रहने गरि विभिन्न उपसमितिहरु गठन भएको छ ।

फाेटाेः प्रेम थापा

कमेन्टहरु
Loading...