राजु गिरी, पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ को आयोजना तथा सुर्य चन्द्र विकास समाजको व्यवस्थापनमा दोश्रो वडा स्तरिय ब्याडमिन्टन प्रतियोगिता आज सम्पन्न भएको छ । प्रतियोगितामा निराजन थापा र गोविन्द बहादुर थापाको जोडी प्रथम भएको छ । त्यस्तै नबिन पराजुली र ऋषिराम बरालको जोडी दोश्रो स्थानमा आउन सफल भए । तेश्रो स्थानमा २ जोडी कृष्ण प्रसाद बराल र माधव प्रसाद बराल तथा द्रोणराज बराल र दिपक लामिछानेको जोडी आउन सफल भए ।
कुल १८ जोडी सहभागी भएको उक्त प्रतियोगिताको प्रथम हुने जोडीलाई नगद १५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै दोश्रो हुनेलाई नगद १० हजार सहितट्रफि, मेडल, प्रमाणपत्र र तेश्रो हुनेलाई नगद ३ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
त्यसैगरि प्रतियोगिताका जेष्ठ खेलाडी बिधाको ट्रफि नगेन्द्र घर्ती, अनुशासित खेलाडी बिधाको ट्रफि हिमलाल त्रिपाठी र नगद २ हजार सहित उत्कृष्ट खेलाडीको ट्रफि निराजन थापाले प्राप्त गरे ।
समापन कार्यक्रममा पोखरा महानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले कुनै पनि प्रतियोगितामा सहभागि हुनु नै ठुलो कुरा भएको बताइन् । खेलकुद स्वास्थ्यका लागि, खेलकुद राष्ट्रका लागि भन्ने नार साकार पार्न महानगर लागिरहेको उनको भनाई थियो । साथै पोखरालाई खेलकुदको हव बनाउन महानगर प्रयत्नरत रहेको उनले बताइन् ।
त्यस्तै प्रतियोगिताका संयोजक तथा वडा ५ का जनप्रतिनिधि उज्वल खत्रीले खेलकुदले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने हुँदा खेलकुदमा आकर्षिक गर्न प्रतियोगिता आयोजना गरिएको बताए ।
समापन कार्यक्रममा स्वागत मन्तब्य वडा ५ कि जनप्रतिनिधि हरिमाया बिकले राखेकी थिइन् भने सञ्चालन सोही वडाकी जनप्रतिनिधि अञ्जु क्षेत्रीले गरेकी थिइन् ।