शनिवार अल्फान्जोमा चर्चित गायक सविन राईको प्रस्तुती

पोखराको खपौदीस्थित अल्फाञ्जो रिसोर्टले तेस्रो वार्षिकोत्सवका लाइभ कन्सर्ट आयोजना गरेको छ ।

असोज २३ गते शनिवारका दिन चर्चित गायक सविन राई एण्ड फ्यारो व्याण्डको लाईभ कन्सर्ट आयोजना गरिएको रिसोर्टका प्रबन्ध निर्देशक सुवास भट्टराइले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझ ८ बजेदेखि गायक राईको प्रस्तुती रहनेछ । करिब २ सय ५० जनालाई एकैपटकमा सेवा दिनसक्ने क्षमता रहेको रिसोर्टमा साहसिक पिङ्, मनोरम फोटोजोन, सुविधायुक्त गेष्ट रुम, ट्री हाउस, स्वीमिङ पुल, प्राइभेट क्लव, प्रशस्त पार्किङको सुविधा समेत रहेको छ ।

यस्तै पोखरा उपत्यका भित्र निःशुल्क आउने जाने यातायातको व्यवस्था गरिएको निर्देशक भट्टराईले जानकारी दिए ।

रिसोर्टका करिब ४० जनालाई प्रत्यक्ष रुपमा कार्यरत छन् ।

कमेन्टहरु
Loading...