‘म राजेश हमाल’ मा महेश त्रिपाठी

काठमाण्डौ । नायक राजेश हमालको नाम राखेर “म राजेश हमाल”चलचित्र निर्माण हुने भएको छ । चलचित्रमा कलाकार महेश त्रिपाठी अनुवन्धीत भएका छन् । आज चलचित्र निर्माण पक्षले कलाकारहरुसँग सम्झौता गरेको छ ।

महेश त्रिपाठीले यस चलचित्रमा मुख्य भुमिकामा दर्शकहरुले देख्न पाउने भएका छन् । त्रिपाठीको चलचित्र चपली हाइट ३ र हल्कारा कोरोनाका कारण प्रदर्शन रोकीएका छन् । ओस्कार कलेज अफ फिल्म स्टडीजमा प्रध्यापन गराउदै आएका त्रिपाठीका थुप्रै साना चलचित्रहरु विदेशी फिल्म फेस्टीवलहरुमा उत्कृष्ठ भएका छन् ।

निर्माता केदार भुषालले नायक हमालको योगदानलाई ट्रिब्युट गर्ने गरी फिल्म बनाउन लागेको बताए । चलचित्रले राजेश हमालको योगदानको चर्चा गर्ने भन्दा पनि यसको भावानात्मक पाटोको कथा बन्ने निर्माता भुसालले बताए । ‘यो फिल्म उहाँको सम्मानमा बन्न लागेको हो नै तर यसमा सुपर स्टारको इमोसनको कुरामा हाम्रो कथा केन्द्रित हुनेछ ।’ उनले भने ।

उक्त चलचित्रमा कलाकार महेश त्रिपाठी, सञ्चिता लुइँटेल, मुकुन भुसाल, एवन राज उप्रेती, सञ्जोग रसाइली र अस्मिता लामिछाने अनुबन्धन भएको फोटो सार्वजनीक भएका छन् ।

चलचित्रको सुटिङ आगामी हप्तादेखि धनगढीबाट सुरु गर्ने निर्माण टिमले जनाएको छ । चलचित्रको निर्देशन भने विक्रम लामाले गर्दै छन् । चलचित्रमा आर्यन सिग्देलंलाई पनि अतिथि कलाकारको रुपमा देख्न पाइने भुसालले बताए ।

कमेन्टहरु
Loading...