काठमाडौं । दुखका गीत गाउने र जनताको दुख बोल्ने जनबादी गायक जेबी टुहुरे अब सम्झनामा मात्र रहेका छन् । आज उनको उपचारका क्रममा निधन भएको हो । । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा निधन भएको छ ।
केही दिन अघिमात्र कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई परिवारले अस्पताल पुराएका थिए । अस्पताल पुराइसक्दा उनको मस्तिस्कमा रगत जम्नुका साथै हातखुट्टा चल्न छाडेको उपचारमा संलग्न डाक्टरले जनाएका थिए ।
मुटु, फोक्सो, महुमेह र उच्च रत्तचाप लगायतका दीर्घरोग भएका कारण उनको शल्यक्रिया हुन सकेको थिएन । शल्यक्रिया हुन नसकेपछि आज उनको उपचारकै क्रममा निधन भएको हो ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारीक श्रोतले जनाएको छ ।