चरित्र हत्या गरिएको आरोपमा ९ अनलाइनविरुद्ध रुपाको उजुरी

पाेखरा । सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गरिएको भन्दै ९ वटा अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । ती अनलाइनले आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीका लागि प्रेस काउन्सिलमा सुनारले उजुरी दिएकी हुन् ।

जातीय दूव्र्यवहार भए पछि विरोधमा उत्रिदा उनीमाथि अनलाइनहरुले कसैबाट परिचालन भएको भन्दै भ्रामक समाचार लेखेको उनले आरोप लगाएकी छिन् ।

उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित उजुरी दिएकी छिन् ।

कमेन्टहरु
Loading...