राजु गिरी, पोखरा ।
पहिलो पाइला नेपाल पोखरा शाखाले भुकम्पबाट पिडित कास्की लाहाचोक निवासी भरत अधिकारी परिवारलाई नगद सहित खाद्यान्न सहयोग गरेको छ ।
पिडित अधिकारी परिवारलाई पहिलो पाइलाका सदस्यहरुले नगद रु ६५ हजार र तत्कालका लागि पुग्ने ५ हजार बराबरको खाद्यान्न सहयोग गरेको संस्थाका उपाध्यक्ष रञ्जित दनैले जानकारी दिए ।
माछापुच्छ्रे गाउपालिका वडा नं. ४, लाहाचोक तिनघरे निवासी अधिकारी जो आफैं सुस्त मनस्थितीको शिकार छन्, केही गर्न सक्दैनन । सानैमा बुवाको स्वर्गारोहण भएर टुहुरा भएका उनी पढाईमा अब्बल हुँदाहुँदै पनि ७ कक्षा पढ्दा पढ्दै उनी ईन्डिया पलायन भए । विबाहपश्चात् भारतमा रहदै गर्दा घरायसी समस्या सहन नसकी बिरामी भएका उनी अहिले औषधि उपचार पछि सुस्त मनस्थितीका साथ जीवन व्यतित् गरिरहेका छन् ।
तीन सन्तान, बृद्द आमा सबैको रेखदेख, पालनपोषण र शिक्षादिक्षाको लागि उनकी श्रीमती दैनिक ज्याला मजदुरी गर्दै घर खर्चो टार्न धौ धौ भएको छ । केही दिन अघि आएको भुकम्पले बस्ने बासनै भत्काइदिएपछि झन समस्या थपिएको छ ।
उनैको परिवारलाई सहयोगका लागि पहिलो पाइला नामक संस्था सहयोग जुटाउने अभियान सञ्चालन गर्दै आएको छ ।