पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई कारबाही गरेको छ ।
जनमोर्चाका केन्द्रीय सदस्य समेत रहेका सांसद थापालाई एक वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निलम्बन गरेको हो ।
गण्डकी प्रदेश सभामा पार्टी निर्णय बिरुद्ध लागेर तटस्थ बस्ने निर्णय र पार्टीको ह्विप उल्लङ्गन गरेका कारण उनलाई कारबाहि गरिएको हो ।
महासचिव मनोज भट्टका अनुसार थापालाई तत्काल केन्द्रिय सदस्यबाट हटाइएपनि सांसदबाट हटाइएको छैन ।