पोखरा\राष्ट्रपतिले संसद बिघटन गर्दै मध्याबधी निर्वाचन गर्ने भनि गरेको घोषणा घोषणालाई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले असंबैधानिक काम भनेका छन् । शनिवार एक बिज्ञप्ती जारी गर्दै देउवाले राष्ट्रपतिलाई प्रधानमन्त्री केपि शर्मा ओलीको रवर स्ट्याम्प भएको आरोप लगाएका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको संबिधानलाई निजि सम्पतिजस्तो ठानेर दुरुप्रयोग गरेको आरोप लगाएका छन् ।
देउवाले राष्ट्रपतिले गरेको असंबैधानिक निर्णयको बिरुद्ध उत्रन सबैसँग आग्रह गरेका छन् भने नेपाली काँग्रेसले पनि प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संबिधान मिच्ने काम भएको भन्दा निन्दा गरेका छन् । देउवाले निकालेको विज्ञप्ती यस्तो छ ।