पोखरा, १२ माघ । पोखराको ढुंगेसाँघुको मेलाअहिलेसम्मै प्रख्यात छ । ढुंगेसाँघुको मेलामा भेट भएको बेलामा.. भन्ने गीतले यसको महत्वउजागर गर्छ । यो पटक पनि माघे संक्रान्तिमा ढुंगेसाँघु मेलालाग्यो । मेलामा परम्परागतहसिँया, कुटो, कोदालोको अलावाआधुनिक समयमाभित्रिएका कराँतेजस्ता खेलकुदपनिभए । त्यसो त ढुंगेसाँघुमा मात्र हैन, सद्विज छर्न पञ्चासे र भलामको हरिहर गुफा,शिवरात्रीको सुनपँदेली मेला, लाचोकको पातिखोला मेलाभर्नेहरु पनिकास्कीमा प्रसस्तै छन् ।
‘तर पछिल्लो समय गाउँबस्तीमा मान्छे घटेपछि मेला र महोत्सवपनि घटे,‘ संस्कृितकर्मी तीर्थ श्रेष्ठले भने,‘ गाईजात्रा, लाखे नाचपनि मेलाकै एक स्वरुप त हुन् ।’ संस्कृतिकर्मी श्रेष्ठको बुझाईमालामो द्धन्द्धका कारण पनि परम्परागत मेलाहरु हराए ।अर्काकवि ईश्वरमणि अधिकारीले पनिकवितीर्थको हो माहाँमिलाए । लमजुङको भार्ते गाविसको बेलटारीमा ठूलो एकादशीमालाग्ने विशाल मेला द्धन्द्धकै कारण बन्दभएको जनाउँदै उनले भने,‘ तीनदिनसम्मकौडाको खाल र रोदीजम्ने त्यो मेलाअहिले चल्दै चल्दैन ।’
माओवादी सशस्त्र द्धन्द्ध सुरु भएलगत्तै असुरक्षाकाकारण मेलाबन्दहुनपुगेको उनको ठम्याई छ । त्यसो त लमजुङकाअन्यभागमाहुने मेलाहरु पनि द्धन्द्धको मारमादशैँ अगाडि इलमपोखरीमालाग्ने मेलापनि द्धन्द्धको मारमा परेको उनले स्मरण गरे । हो, परम्परागत मेलाहरु मासिँदै छन् तर देशमा मेला र महोत्सवको भने बाढी आएको छ । पोखरामै पनिअहिले राष्ट्रिय औद्योगिकब्यापार मेला २०७० जारी रहेको छ । कास्कीकाआमनागरिकले केहीमहिनायता नै लेखनाथमहोत्सवयहाँको लेकसाइडमा स्ट्रिट फेष्टिभल र पोखराकै अमरसिँहचोकमापोखरा महोत्सवको नाममा मेला देखिसकेका छन् ।
देशैभर मेला र महोत्सवभई रहँदा मेला र महोत्सवआफ्नो उदेश्यमा सफलनभएको र आयोजनागर्नकै लागि मेलागरिएको आवाजपनि उठ्न थालेको छ । तर, संगठित संस्थाको तर्फबाट नेपालमै पहिलो पटक मेला र महोत्सवको आयोजनागर्ने श्रेय पाएको पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्षआनन्दराजमुल्मीको भने कुरा भिन्नै छ । उनको विचारमा मेला र महोत्सव धेरै भएर हैन, उस्तै उस्तै भएकाले यो आवाज उठेको हो ।
२०५२ सालमापोखरा महोत्सवको आयोजनालाई ‘अलौकिक’को संज्ञा दिँदै उनले भने–‘त्यो बेला बुटवल र काठमाण्डौँबाट महोत्सव हेर्न मान्छे आउनु र नेपालमाकहिल्यै नभएको कामगर्नु आफैमागर्वको विषयहो ।’ संघले पोखरा महोत्सव गर्नु अगाडि नै नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ लगायत अन्य संघ संस्थाहरुसंग मिलेर संघको आयोजनामा औद्योगिक व्यापार मेला २०४१ र २०४९ आयोजना गरिसकेको थियो । मुल्मीले मेला र महोत्सव आफ्नो उदेश्यमा स्पष्ट हुनुपर्ने बताउँदै मेला सानो र महोत्सव सानो नाम नभएको पनि स्पष्ट पारे ।
पोखरा महोत्सवमा पोखराको साहित्य, तस्वीर, कलाकृति, लोकसंस्कृति झल्कने झाँकी,पोखरेली उत्पादन संलग्न गराइएको प्रसंग झिक्दै उनले पोखराको उत्पादनलाई पोखरामा हुने मेला र महोत्सवमा समावेश गरिनुपर्नेमा जोड दिए । औद्योगिक व्यापार मेला २०४१ र २०४९ , पोखरा महोत्सव २०५२, हस्तकला मेला –२०५३ पुष्प प्रदर्शनी– २०५५, हस्तकला तथा पुष्प मेला–२०५६, पश्चिमाञ्चल औद्योगिक व्यापार मेला–२०५९, औद्योगिक व्यापार मेला–२०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा–२०६२, राष्ट्रिय औद्योगिक व्यापार मेला २०६३,२०६४, २०६५, २०६६,२०६७ र २०६८,२०६९ को सफलतापूर्वक सम्पन्न गरिसकेको पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले मेला र महोत्सवहरु ब्यवसायीकरणको लागि सफल भए पनि अब आयोजकहरुले नयाँ पनमा ध्यान दिनुपर्नेमा सहमति जनाए ।
संघले नियमित कार्यक्रमको रुपमा मेला आयोजना गर्दै आएको जानकारी गराउँदै उनले मेलाले मनोरञ्जनभन्दा पनि पोखराको प्रवद्र्धनलाई जोड दिएको दावी गरे । मेलामा विभिन्न मूलुकका उत्पादनहरु र रोजगारी श्रृजनालाई पनि ध्यान दिइएको जनाउँदै उनले संघले आउँदा दिनहरुमा मेलालाई अझै परिमार्जित गर्ने प्रतिवद्धता व्यक्त गरे । संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनले आफ्नो कार्यकालमा शैक्षिक मेला आयोजना गरेको स्मरण गर्दै पोखरा उद्योग बाणिज्य संघले सधैँ नयाँ सोचले काम गर्दै आएको जिकिर गरे ।
संघका द्धितीय उपाध्यक्ष ईश्वर कर्माचार्यले मेलामा पूर्व मेचीेदेखि पश्चिम महाकाली सम्मका उत्पादनहरु प्रदर्शनी बिक्रीमा राखिएकाले संघले आयोजना गरेको मेलालाई अन्य मेलासँग तुलना गर्न नसकिने दावी गरे । संघका महासचिव नारायण कोइरालाले संघले मेला र महोत्सवमार्फत आर्जित रकक सामाजिक उत्तरदायित्व बहनका निम्ति खर्चने गरेको जानकारी दिए । यस पटकको मेलाले समग्र पोखराको विकासका निम्ति प्रवेश टिकटमा नै २ रुपैयाँ छुट्टयाएर कोष खडा गरिएको उनको भनाई थियो ।