काठमाडौं । काठमाडौं उपत्यकामा हालसम्म ३० हजार बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौँ भक्तपुर र ललितपुरमा गरी ३० हजार १५५ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौँमा सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४६ सय रहेको छ । भने भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २७ सय ४७ रहेको छ ।