भारतबाहेक सबै अन्तर्राष्ट्रिय उडान बन्द हुने

काठमाडौं ।

सरकारले आगामी बिहीबारदेखि भारतबाहेक अन्य सबै अन्तर्राष्ट्रिय उडान बन्द गराउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैंठकले बैशाख २३ गते १२ बजेदेखि सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेको हो ।

आन्तरिक उडानका विषयमा सरकारले आज राती १२ बजेदेखिनै स्थगित गर्ने निर्णय गरिसकेको छ ।

छिमेकी राष्ट्र भारतसँग भने उडान संख्या घटाउदै हप्तामा मात्र २ वटा उडान गर्नेछ । साथै भारतको उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोेकेको होटेल क्वारेन्टिनमा बस्नुपर्ने जनाइएको छ ।

कमेन्टहरु
Loading...