पोखरा महानगरपालिका वडा नं २१ ले कोभिड १९ संक्रमणलाई लक्षित गरि वडा स्तरीय सहयोग उपसमिति गठन गरेको छ ।
आइतबार वडामा बसेको सर्वदलीय बैठकले अर्जुन गिरीको संयोजकत्वमा कृष्णबहादुर थापा, केवल गिरी, खेमबहादुर ठकुरी र सीता देवी विक सदस्य रहने गरि ५ जनाको उपसमिति गठन गरेको हो ।
वडाध्यक्ष खगराज आचार्यका अनुसार उपसमितिले कोभिड १८ को महामारीका लागि सहयोग संकलन गर्नेछ ।
आइतवार वडाध्यक्ष आचार्यले उपसमितिलाई १० हजार रुपैयाँ हस्तान्तरण गरे ।
संयोजक गिरीले वडामा कोभिड १९ को रोकथाम, उपचार र त्यसबाट प्रभावित क्षेत्रहरुमा सहयोग गर्नुपर्ने जिम्मेवारी समितिको काँधमा आएको बताए ।