पोखरा । लुम्बिनी प्रदेशमा पुनः शंकर पोखरेल नै मुख्यमन्त्री बन्ने हुने भएका छन् ।
एमालेको एकल सरकार बनाउने गृहकार्यअनुसार पोखरेलले राजिनामा दिएको मुख्ममन्त्री सचिवालयले जनाएको छ ।
पोखरेलले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन हुनुपर्ने दाबी गरिसकेका छन् ।
लुम्बिनी प्रदेशसभाको कुल सदस्य संख्या ८७ हो । जसपाका ४ र माओवादी केन्द्रका २ सांसद निलम्बित छन् । हाल कायम रहेको सदस्य संख्या ८१ मध्ये एमालेका मात्रै ४१ सांसद छन् । जुन बहुमत संख्या हो ।
मुख्यमन्त्री पुनः नियुक्तीपछि पोखरेलले एक महिना भित्र विश्वासको मत लिनुपर्नेछ ।