एमाले नेता खनाललाई कोरोना सङ्क्रमणः नर्भिक अस्पतालमा भर्ना

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

पिसिआर परीक्षण गर्दा उनमा सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।

सङ्क्रमण भएपछि उनलाई अहिले थापाथलिस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको छ । यसअघि उनलाई सङ्क्रमण भएपछि मनमोहन मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो । सङ्क्रमणको दोस्रो लहर आएपछि धेरै मानिसलाई सङ्क्रमण हुन थालेको छ ।

सरकारकै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपवहादुर रायमाझी, खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

कमेन्टहरु
Loading...