काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले देशका एक चौंथाई शहरमा लकडाउन गर्न सरकार समक्ष सिफारिस गरेको छ ।
शुक्रबार बसेको बैठकले शहरमा कोरोना संक्रमण फैलिएको भन्दै लकडाउन सिफारिस गरेको हो ।
यस्तै नाकाबाट आवतजावत रोक्न भारतसँग जोडिएका २२ वटा नाका बन्द गर्न समेत सिफारिस गरेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले एक चौंथाइ कर्मचारी मात्रै राखेर सञ्चालन गर्न दिने निर्णय समेत बैठकले गरेको छ ।