सांसद संक्रमित रहेको भन्दै चरक अस्पतालले ढाँट्यो

पोखरा । पोखराको चरक अस्पतालमा उपचाररत भनिएका जनमोर्चा सांसद खिम विक्रम शाहीलाई कोरोना संक्रमण भएकाले भन्दै चरक अस्पतालले ढाँटेको छ ।

चरक अस्पतालले उपचाररत सांसद शाहीलाई कोरोना संक्रमण भई स्वास्थ्य अवस्था गम्भीर रहेको बताएपनि मंगलबार गरिएको स्वाब परीक्षणमा सांसद शाहीको रिपोर्ट नेगेटिभ आएको थियो ।

पोखरामा स्वाब परीक्षण गरिने लाइफ केयर , गण्डकी अस्पताल र क्षयरोग अस्पतालमा बुधवार शाहीले स्वाब परीक्षण नगराएको खुलेको छ ।

स्वाब परीक्षण विना नै शाहीलाई कोरोना संक्रमण भएको भन्दै उपचार भरहेको जानकारी दिदै चरक अस्पतालले ढाँटेको हो ।

मंगलबार गरिएको परीक्षण पछि बुधबार नै नेगेटिभ आएको सांसद शाहीको कोरोना रिपोर्ट

कमेन्टहरु
Loading...