पोखराको अवस्था भयावह हुन सक्ने, आजै थप १ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि

पोखरामा आज थप १ सय ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको पछिल्लो अध्यावधिक विवरण अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरा तथा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १ सय ७३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

दैनिकरुपमा यसरी संक्रमण देखिएकोमा अव पोखरामा पनि भयावह अवस्था निम्तन सक्ने भन्दै विज्ञहरुद्वारा चिन्ता व्यक्त गरिएको छ । यसलाई न्यूनीकरण गर्न स्वास्थ्य मापदण्ड अनिवार्यरुपमा पालना गर्न विज्ञहरुले आग्रह समेत गरेका छन् ।

आज पोखरामा थप संक्रमण देखिएकाको विस्तृत विवरण :

 

कमेन्टहरु
Loading...