नवलपरासी । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूहरु नै सक्कली एमाले भएको र प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली नक्कली एमाले भएको आरोप लगाएका छन् ।
आज नवलपरासीमा आयोजित आफू पक्षीय भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु नै सक्कली एमाले भएको दावी गरेका हुन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीबाट कम्युनिस्ट आन्दोलन समाप्त हुने उनले बताए । ओली नक्कली एमालेको अध्यक्ष भएको र कम्युनिस्ट आन्दोलनलाई उनले ध्वस्त पारेर भ्रष्टाचारी तथा कमिसनखोरीको संरक्षण गरिरहेको नेपालले आरोप लगाएका छन् ।